
काठमाडौँ, ७ फागुन । नेपाल पत्रकार महासंघले महासंघको कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि भएको आक्रमणको निन्दा गरेको छ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतका अध्यक्ष अर्जुन तामाङले न्यौपानेमाथि सांघातिक आक्रमण गरी घाइते बनाएको महासंघले विज्ञप्तीमार्फत जनाएको छ ।
महासंघ कुवेत शाखाका अनुसार आइतबार साँझ अध्यक्ष तामाङले पटकपटक फोन गरी महासंघ कुवेत शाखाका सदस्य सुजन केसीको कोठामा छलफल छ भनी बोलाइ अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण गरेका थिए । आक्रमणबाट घाइते भएका अध्यक्ष न्यौपानेको हाल कुवेतस्थित आदान अस्पतालमा उपचार भइरहेको छ ।
‘जिम्मेवार संस्थाको अध्यक्षजस्तो पदमा रहेका व्यक्तिले आफ्नो पदीय हैसियतलाई ख्याल नगरी अर्का जिम्मेवार संस्थाका अध्यक्षमाथि गरिएको यो सांघातिक आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो’ महासंघले सोमबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘महासंघ पत्रकार न्यौपानेमाथि भएको आक्रमणको घोर निन्दा गर्दछ । घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीको पहल गर्न कुवेतस्थित नेपाली दूतावास, नेपाल सरकार र गैर नेपाली संघ केन्द्रीय समितिको ध्यानाकर्षण गराउँदछ ।’















प्रतिक्रिया