– बेलिना थापा
लमजुङ, फागुन ६ । आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । लमजुङको सिउडीबारबाट सुन्दरबजार जाँदै गर्दा शनिबार बेलुका साढे ९ बजे सुन्दरबजार नगरपालिका ८ पैँरेमा मोटरसाइकल दुर्घटना हुँदा सुन्दरबजार नगरपालिका ६ का २६ बर्षीय रबि डुम्राकोटीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफैले चलाउँदै आएको बा ४४ प २१३५ नम्बरको मोटरसाइकल दुर्घटना परि गम्भीर घाइते भएका डुम्राकोटीलाई उपचारको लागि पोखरा लैजादै गर्दा शनिबार राती ११ बजे दमैली पुग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया