
कपिलबस्तु, ६ फागुन । कपिलवस्तुको मायादेवी गाउँपालिका–४, पिपराका वडा अध्यक्ष फत्ते मोहम्मदका ७ बर्षिय छोरा महोम्मद एमान मृत फेला परेका छन् ।
तीन दिन अघि अपरहणमा परेका भनिएका एमान आइतबार बिहान मृत फेला परेका हुन् । आफ्नै घर पछाडि रहेको पोखरीमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।
अपहरणकारिबाटै बालकको हत्या भएको हुन सक्ने र घटना बारे अनुसन्धान भैरहेको उनले बताए । दोषी पत्ता लगाई करवाहीको कटघेरामा ल्याउने कार्कीले जानकारी दिए । गएको विहिवार विहान ८ बजे नजिकैको विद्यालय जान हिँडेका बालक वेपत्ता भएका थिए ।












प्रतिक्रिया