२२ कार्तिक २०८३, आइतबार

अबैध काठसहित कपिलवस्तुमा एक जना पक्राउ

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– माधव बेल्वासे
कपिलवस्तु, ६ फागुन । कपिलवस्तु शिवराज नगरपालिकाको १ भलुहिमा अबैध सालको काठ र ट्रयाक्टर सहित एक जना पक्राउ परेका छन । इलाका वन कार्यलय शिवपुरका वन अधिकृत रघुनाध दास र वडा प्रहरी कार्यालय चन्द्रौटाको सयुंत्त टोलीले अबैध सालको काठ र ट्रयाक्टरसहित एक जनालाई पक्राउ गरेको हो ।

गस्ती टोलीले नम्बर प्लेट नभएको टेक्टरमा अबैध रुपमा लोड गरि चोरी निकासी गर्ने क्रममा शिवराज नगरपालिका १ भलुहि निवासी अशोक कुमार चौधरीलाई प्रकाउ गरेको शिवपुरका वन अधिकृत रघुनाध दासले जानकारी दिए । करिव १२ क्विफुट सालको काठ बरामद गरेको उनले बताए ।

उक्त काठको बजार मुल्य ४० हजार रुपैयाँ बराबर रहेको छ । प्रशासन र बन कार्यलयलाई छलेर लैजान लागेको उक्त सालको काठ सेक्टर वन कार्यालयमा राखीएको छ । पक्राउ परेको ट्रयाक्टर र चालकको विषयमा थप अनुसन्धान भइरहेका सेक्टर बन कार्यालय चन्द्रौटाका प्रमुख रामहरी सेढईले जानकारी दिए । काठ तस्कारीमा संलग्न अन्यलाई पक्राउ गरी वन ऐन अनुसार कारवाहि गरीने उनले बताए ।