– बेलिना थापा
लमजुङ, फागुन ५ । नेपाल रेडक्रस सोसाइटी हिलेटक्सार उपशाखाको १४ औँ साधारण सभा शनिबार सम्पन्न भएको छ ।
उपशाखाका सभापति मानबहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति नारायणप्रसाद घिमिरे, शाखाका सदस्य एवं निर्वाचन कमिटिका संयोजक घनबहादुर कुताल, जिल्ला शाखा प्रमुख श्रीकान्त घिमिरे, दोर्दी गाउँपालिका ८ का अध्यक्ष खेमबहादुर गुरुङ, दोर्दी गाउँपालिका ८ का सदस्य नेत्रजङ गुरुङ, बेंसीशहर नगरपालिका वडा नम्बर १० का सदस्य मिनबहादुर तामाङ लगायतको उपस्थिति थियो ।
कार्यक्रमबाट संस्थाको आयब्याय, बार्षिक प्रतिबेदन भएको छ । सोही भेलाबाट हिलेटक्सार उपशाखाको नयाँ कार्य समिति चयन भएको छ ।
उपशाखाको सभापतिमा लिलाबहादुर तामाङ चयन भएका छन् । यस्तै, सदस्यहरुमा पशुपती विक, नेत्रजङ गुरुङ, दिलबहादुर तामाङ, यमबहादुर गुरुङ, श्रीप्रसाद गुरुङ, क्षेत्रबहादुर गुरुङ, कृष्णबहादुर तामाङ, सुशीला विक चयन भएको निर्वाचन कमिटिका संयोजक घनबहादुर कुतालले बताए ।












प्रतिक्रिया