– मिना बुढाथोकी
सल्यान, ५ फागुन । जिल्लाको सुरक्षा अनुगमन गर्न यहाँको प्रहरी ग्रामीण क्षेत्रसम्म पुग्न थालेको छ । शान्ति सुरक्षाको अवस्था कायम राख्न जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (डीएसपी) भरत बहादुर विकको नेतृत्वमा अहिले प्रहरीले स्थानीय स्तरमा नै पुगेर अनुगमन गर्न थालेको हो ।
जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा चालु आर्थिक वर्षको हाल सम्म आत्महत्याका ३५ वटा घटना दर्ता भएका छन् । यस्तै जिल्ला प्रहरी कार्यालयको महिला सेलमा महिला हिंसाका ११ वटा, घरेलु हिंसाका २४, सामाजिक हिंसाका ३५ वटा घटना दर्ता भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी विकले अहिले जिल्लामा अहिले पनि आत्महत्याका घटनाहरु, महिला हिंसा, तथा अन्य सामाजिक अपराधका घटना भई रहेकाले स्थानीय स्तरमा गएर नै जनचेतना मुलक कार्यक्रमको सुरुवात गरेको बताए ।
‘हामीले अहिले ग्रामिण क्षेत्रमा पुगेर प्रत्यक्ष जनतासँग कुरा गरेका छौँ, जनताका कुरा बुझ्ने काम गरेका छौँ’उनले भने, ‘जस्को शुरुवात हामीले रागेचौर बाट भयो ।’
ग्रामीण भेगको सुरक्षा अनुगमन र स्थानीय जनसमुदायसँग समन्वय गरेर समाजमा हुने विभिन्न हिंसा अन्त्य गर्ने विश्वासका साथ यस कार्यको शुरुवात गरेकाे उनले बताए । उनले भने, ‘हाम्रो यो अभियान जिल्लाका विभिन्न स्थानमा हुने छ ।’ यस्तै डीएसपी विकको नेतृत्वमा गाउँमा पुगेको टोलीले लागु औषध, घरेलु हिंसा, महिला हिंसा, सामाजिक हिंसा, आत्महत्याका विषयमा जनचेतना मुलक अन्तरक्रिया समेत गरेको छ ।
प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेसहित जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखलाई लिएर शुक्रवार कुमाख गाउपालिकाको रागेचौरमा नागरिक सुनुवाइ सम्पन्न गिरएकाे विकले बताए । यस्तै रागेचौरमा रहेको इलाका प्रहरी कार्यालयको भवन जिर्ण भएको भन्दै नयाँ भवन बनाउन पहल गर्ने उनले जनाए ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालयका प्रमख डिएसपि विकले सुरक्षा अनुगमन र स्थानीय जनसमुदायसँग लागु औषध, घरेलु हिंसा, महिला हिंसा, सामाजिक हिंसा, आत्महत्या साम्बन्धि जनचेतनामुलक कार्यक्रम जिल्लाका विभिन्न स्थानमा गरिने बताए । जनता मा.वि. रागेचौरको प्राङगणमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, सरकारी कायार्लयका प्रमुखहरू, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष स्थानियबासीको सहभागिता रहेको थियो ।












प्रतिक्रिया