कैलाली, ५ फागुन । कैलाली गोदावरी नगरपालिका–१३ अत्तरीया बजार नजिकै शनिबार बस दुर्घटना हुँदा २४ जनाभन्दा बढी घाइते भएका छन् ।
टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली यातायातको ना ४ ख ८६३६ नम्बरको बस दुर्घटना हुँदा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको र अन्यको सामान्य रहेको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएकाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनाका कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । –रासस












प्रतिक्रिया