२२ कार्तिक २०८३, आइतबार

भारतीय लहरीले कारलाई ठक्कँर दिँदा विराटनगरमा एकको मृत्यु

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ५ फागुन । मोरङको बूढीगंगा गाउँपालिकामा भारतीय लहरी र कार एक आपसमा ठक्कँर खाँदा एक जनाको मृत्यु भएको छ ।

प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरका अनुसार बूढीगंगा गाउँपालिका–३ हुलासवायर उद्योग अगाडि शुक्रबार राति उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको भारतीय एनएल– ०१–डि–२३६९ नम्बर को लहरीले विपरित दिशाबाट जाँदै गरेको बा १० च ८२१७ नम्बरको कारलाई ठक्कँर दिँदा कारमा सवार एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा सुनसरी दुहवी नगरपालिका –४ का २५ वर्षीय प्रज्ज्वल दाहाल छन् । घाइते भएका दुहवी –५ का २६ वर्षीय विकाश भण्डारीको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि लहरीका चालक फरार भएकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । –रासस