काठमाडौँ, ४ माघ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले सुर्खेतमा थप १ शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन कम्पनीका सञ्चालक योगेन्द्र राई तथा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरे ।
शाखा उद्घाटन समारोहमा स्थानिय उद्योगी, व्यापारीहरुलयागत विभिन्न बैंक, वित्तीय संस्था तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । शाखाको उद्घाटन कार्यक्रममा राईले देशको विभिन्न भागका जनताहरुलाई घरदैलोमा नै सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले शाखा सञ्जाल विस्तार गरेको जानकारी गराए । त्यसैगरी स्थानिय उद्योगी व्यापारीलगायत बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुलाई आइएमई जनरल इन्स्योरेन्ससँग आफनो व्यावसाय तथा सम्पत्तीको बीमा गराएर उच्चकोटीको सेवा लिन पनि उनले आग्रह गरे ।
उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो छुटृै पहिचान स्थापित गर्ने उद्देश्यका साथ कम्पनी अगाडी बढी रहेको हुनाले आफनो सम्पत्तीको पूरा मूल्यमा बीमा गराई ढुक्कसँग व्यवसाय संचालन गर्न उपस्थित सबैलाई आग्रह गरे । कम्पनीले देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने उनले जानकारी गराए ।
कम्पनीको शुक्रबार उद्घाटन भएको शाखासहित २८ वटा शाखा, ४ वटा उपशाखा कार्यालय तथा १० वटा सेवा काउण्टरहरु र प्रधान कार्यालय सहित ४२ स्थानबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्नेे जानकारी गराउँदै निकट भविष्यमा नै थप १२ शाखा तथा उपशाखा कार्यालयहरु खोलेर ५४ स्थानबाट सेवा प्रदान गर्दै अाएकाे छ ।
सोही कार्यक्रममा विभिन्न संघ, संस्था, स्थानीय उद्योगी, व्यापारी तथा व्यावसायीहरुले कम्पनीले स्थानीय स्तरमा शाखा सञ्जाल विस्तार गरी बीमा सेवा प्रदान गर्ने प्रण गरेकोमा कम्पनीका अध्यक्ष, संचालक समितिलगायत व्यवस्थापनलाई धन्यवाद दिए ।















प्रतिक्रिया