५ कार्तिक २०८३, बिहिबार

ओली सरकारले छिट्टै पूर्णता पाउने

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले छिट्टै पूर्णता पाउने भएको छ । शुक्रबार ग्याल्पो लोसारको शुभकामना दिदै प्रधानमन्त्री ओलीले अब चाडै सरकारले पूर्णता पाउने विश्वास दिलाएका हुन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन, ‘निर्वाचनको परिणाम अनुसार नै देशले नयाँ प्रधानमन्त्री पाएको हो । अब चाडै नै सरकारले पूर्णता पाउने विश्वास दिलाउँछु ।’ गएको मंसीरमा समपन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि देशमा आधारभूत रुपमा राजनीतिक संक्रमणकाल सकिएको प्रधानमन्त्री ओलीले बताएका छन् ।

‘अबको सरकारको मूल सुखी नेपाली समृद्ध नेपाल हो’, ओलीले भनेका छन्, ‘प्राकृतिक स्रोत, सधान र मानवीय स्रोतले नेपाल उन्नत ठाउँ हो । अब सरकारले प्राकृतिक स्रोत सधानको अधिकतम उपयोग गर्दै रोजगारीका अवसरहरु सृजना गरेर देशलाई समृद्ध बनाउने दिशातिर लाग्नेछ ।’