२२ कार्तिक २०८३, आइतबार

शिक्षामा ‘मणि’ बाँड्ने स्वप्नयात्रामा मणि

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । ‘हृदय शिक्षित नभई विचारलाई शिक्षा दिनु पटक्कै शिक्षा होइन’, दार्शनिक एरीसटोटलले भनेका छन् । शताव्दिऔं अघि शिक्षाका बारेमा व्यवाहारिक तर्क र दर्शन दिएका एरीस्टोटलले देखेको विश्वभन्दा शिक्षामा निक्कै अघि बढिसकेको छ, विश्वबजार । शिक्षा आधारभूत आवश्यकतामात्र होइन प्रभावकारी शिक्षाको प्रलोभन पनि बनिसकेको छ । यसैकारण नेपालजस्तो मुलुकका कतिपय विद्यार्थी उच्च शिक्षाका लागि विकसित मुलुकको यात्राका लागि तयार हुन्छन् ।

पछिल्लो समय नेपाली विद्यार्थीको गन्तव्य बनेको अष्ट्रेलिया शिक्षाका लागि खास केन्द्रविन्दु बनेको छ । नेपाललगायत विकासको गतिमा अग्रसर रहेका मुलुकका विद्यार्थी पढ्न र रोजगारीको खोजीमा अष्ट्रेलिया जाने गरेका छन् । दुवै अवसर भएको अष्ट्रेलियामा शिक्षाका क्षेत्रमा लामो समयसम्म काम गरेका नेपालीको तथ्यांक त छ तर प्रभावकारी र राम्रो काम गर्ने नेपालीको तथ्यांक कमै मात्र छ ।

नेपाली शिक्षामा पनि व्यवाहारिक, प्राविधिक र प्रभावकारी प्रयोगको सपना बुनिरहेका शिक्षा क्षेत्रका परामर्शदाता मणि सिलवाल त्यसमध्येका एक हुन् । चितवन राप्तीनगर स्थायी बसोबास रहेका सिलवाल लामो समयदेखि नेपाली विद्यार्थीको सहजीकरणमा व्यस्त छन् ।

भन्छन्,‘अव शिक्षामात्र होइन, उच्च शिक्षा, प्राविधिक शिक्षा र नयाँ शिक्षा आधारभुत आवश्यकता बनिसकेको छ ।’ उनको यो सोचसँग ठ्याक्कै मेल खानेगरी भर्खरै बनेको नयाँ सरकारको पहिलो निर्णय नै प्राविधिक शिक्षालयको विकास रह्यो । सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने निर्णय नवनियुक्ति प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । यद्यपि शिक्षाको सपना त त्यहाँ देखेका छन् नेपाली विद्यार्थीले जहाँ अवसरको पनि बलियो अवस्था छ ।

नेपाली विद्यार्थीका लागि रहर बनिसकेको छ, सिड्नी, मेलवर्न, पर्थ, एडीलेड र अष्ट्रेलियाका अन्य सहरहरू । तर कसरी जाने ? गएर के गर्ने ? यहि विषयको परामर्शसहित विद्यार्थीको सहजीकरणमा सिलवाल सक्रिय छन् । उनी भन्छन्,‘विश्वबजारमा शिक्षाको प्रभावकारीता, आवश्यकताको दौड एकातिर छ । अर्कातिर नेपाली विद्यार्थीको अष्ट्रेलिया आकर्षण पनि छ । दुवैको सामन्जस्यको काम हामी गरिरहेका छौं ।’

एक दशकदेखि उनी यहि काममा सक्रिय रहेका छन् । उनको बीएमडब्लु एजुकेशन कन्सल्टेन्सी नै छ जहाँ विद्यार्थीले परामर्श लिन सक्नेछन् । व्यापारको शिलशिलामा सन् २००९ मा अष्ट्रेलिया पुगेका सिलवाललाई शिक्षामै जोड दिन मन लाग्यो ।

‘शिक्षाकै लागि काम गर्नुपर्छ भन्ने लाग्यो । त्यसैले यसमा सक्रिय भएँ’ उनी भन्छन् । उनले कसैको देखेर नभई सोचेर, बुझेर र व्यवस्थित भएर व्यावसाय थालेकाले दुख भोगेनन् ।