५ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री ओलीले लिए सपथ, लालबाबु र थममाया मन्त्री नियुक्त

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपालको संविधान २०७२ को धारा ८० अनुसार सपथ गराएकी हुन् ।

ओलीलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम बिहीबार बिहान प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । संविधानको धारा ७६ को उपधारा २ मा ‘प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

बिहीबार बिहान मात्र एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शितल निवास पुगेर आफ्नो पक्षमा स्पष्ट बहुमत रहेको भन्दै ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न आग्रह गर्दै दावी पेश गरेका थिए ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ६५ जना प्रत्यक्ष र १ सय १० जना समानुपातिक प्रणालीबाट चुनिएका छन् । सरकार गठनका लागि प्रतिनिधिसभामा १ सय ३८ सिट आवश्यक पर्छ । प्रतिनिभिसभामा एकालेका १ सय २१ र माओवादीको ५३ सांसद छन् । ओली देशको ४१ औं प्रधानमन्त्रीका रुपमा नियुक्त भएका हुन् । यसअघि उनी २०७२ असोज २४ गते व्यवस्थापिका संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

प्रधानमन्त्रीले ओलीले केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबार पुगेर कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ ।

यसैबीच, प्रधानमन्त्री ओलीले एमालेबाट २ जनालाई मन्त्री बनाएका छन् । लालबाबु पण्डितलाई जनसंख्या तथा वातावरण र थममाया थापा मगरलाई महिला, बालबालिका तथा समाजकल्याणमन्त्री बनाइएको छ । उनीहरुले पनि राष्ट्रपति भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।