कञ्चनपुर, ३ फागुन । अाफ्नै श्रीमतीलाई दाउराले हानेर हत्या गरेकाे अभियाेगमा प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ ।
आफ्नै श्रीमती लाहु डगौरालाई दाउराले हानी हत्या गरेको अभियोगमा कृष्णपुर नगरपालिका–४ बस्ने ४२ वर्षीय बिरु डगौरालाई बुधबार प्रहरीले पक्राउ गरेको हाे । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ ।












प्रतिक्रिया