२२ कार्तिक २०८३, आइतबार

रेडपाण्डाको छालाबाट बनेको डमीसहित पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, ३ फागुन । रेडपाण्डाको छालाबाट बनेको डमीसहित प्रहरीले दुईजनालाई पक्राउ गरेकाे छ ।

तुलसीपुर उपमहानगरपालिका-९ वेलवाबाट सल्यान त्रिवेणी गाउँपालिका–३ टोड्के बस्ने ३६ वर्षीय टोपबहादुर वली र कपुरकोट गाउँपालिका–६ बस्ने ५२ वर्षीय रुपलाल वोहरालाई दुर्लभ रेडपाण्डाको छालाद्वारा बनाएको डमी सहित बुधबार प्रहरीले पक्राउ गरेको हाे ।

उक्त डमी बेचबिखन गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियाे । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ ।