
काठमाडौँ, ३ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष दावी पेश गरेका छन् ।
बिहीबार बिहान ओलीसहित वाम गठबन्धनका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नयाँ सरकार गठनका लागि दावी पेश गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । राष्ट्रपतिलाई भेट्न एमाले अध्यक्ष ओलीसहित माओवादी र एमाले नेताहरु शितल निवास पुगेका हुन् ।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा एमाले–माओवादी गठवन्धनको करिब दुई तिहाइ बहुमत छ । ओली दोस्रो पटक प्रधानमन्त्री बन्न लागेका हुन् । यसअघि उनी ०७२ असोज २४ गते पनि प्रधानमन्त्री बनेका थिए ।












प्रतिक्रिया