२२ कार्तिक २०८३, आइतबार

न्यूनतम पारिश्रमिक तत्काल पुनरावलोकन गर्न महासंघको माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ फागुन । नेपाल पत्रकार महासंघ, श्रमजीवी हित प्रवद्र्धन समितिले न्यूनतम पारिश्रमिक तत्काल पुनरावलोकन गर्न न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई ध्यानाकर्षण गराएको छ ।

बढ्दो महङ्गीलगायतका कारणले जीवीकोपार्जनमा देखिएको समस्यालाई मध्यनजर गरी श्रमजीवी पत्रकार, कामदार, कर्मचारीहरुको न्यूनतम पारिश्रमिक तत्काल पुनरावलोकन गर्न समितिले ध्यानाकर्षण गरेको हो ।

समिति संयोजक रामप्रसाद दाहालको नेतृत्वको प्रतिनिधि मण्डलले बुधबार न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीलाई लिखित माग पत्र बुझाउदै २०७२ साल असारमा सरकारसमक्ष सिफारिस गरेको न्यूनतम पारिश्रमिक अहिले समय सापेक्ष नदेखिएकाले यसलाई समयोचित बनाउन तत्काल पुनरावलोकन सिफारिस कार्यदल गठन गरी काम थाल्न अनुरोध गरेको छ ।

पुनरावलोकन सिफारिस गर्दा तत्कालिन सुरेश आचार्य समितिले औल्याएको तहगत वर्गीकरणसहितको पुनरावलोकन, खेम भण्डारी समितिको प्रतिवेदनमा उल्लेखित तहगत वर्गीकरणमा परेका सबैको पारिश्रमिक न्यूनतम वृद्धिकै अनुपातमा वृद्धि, स्ट्न्जिरहरुको न्यायोचित व्यवस्थापन र हरेक महिना पूरा भएको पहिलो हप्ताभित्र बैकिङ प्रणालीबाट तलब भत्ता भुक्तानीको पारदर्शी व्यवस्था अनिवार्य गर्न ध्यानाकर्षण गरिएको सहसंयोजक जन्मदेव जैसीले जानकारी दिए ।

मागहरु यथाशीघ्र सम्बोधन नभए दबाबमा उत्रन बाध्य हुने समितिले चेतावनी दिएको छ ।