२२ कार्तिक २०८३, आइतबार

एकता संयोजनको बैठक अघि माओवादी नेताहरु छलफलमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ फागुन । एकता प्रक्रियालाई आज टुङ्गो लगाउने तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुट्दैछन् ।

दिउँसो ३ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट भक्तपुरमा एकता संयोजन समितिको बैठक बस्नुअघि दुई दल छुट्टाछुट्टै छलफल गर्न लागेका हुन् ।

माओवादीले केहीबेरमा केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय कार्यालय (हेडक्वार्टर) बैठक बलाएको छ भने एमाले अध्यक्ष ओलीले आन्तरिक परामर्श गर्दैछन् ।

एकता समितिको बैठकमा छलफल गर्ने एजेण्डा तय गर्न केन्द्रीय कार्यालयको बैठक बस्न लागेको माओवादी पवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

लामो समयदेखि अड्किएको पार्टी एकता प्रक्रियालाई आज अन्तिम रुप दिने दुवै दलको तयारी छ ।