३१ आश्विन २०८३, शनिबार

नर्वेमा पहिलो पटक ल्होसार मनाइयो

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नर्वे । नर्वेको राजधानी ओस्लोमा नेपालीहरूले ल्होसार पर्व धुमधामका साथ मनाएका छन् ।

नर्वेमा पहिलो पटक ल्होसार पर्व मनाइएको हो । सो कार्यक्रममा गायक मोहन नेपाल र गायिका रोशनी धौवञ्जारले सांगीतिक प्रस्तुति दिएका थिए ।

ल्होसारसम्बन्धी सो कार्यक्रममा सहभागीहरूले शुभकामना आदान प्रदान गर्नुका साथै विदेशको पीडा साटासाट गरेका थिए ।

कार्यक्रममा कुमार पण्डित, अच्युत शाही, ज्ञानेन्द्र लामा, जश्मिन लामा, जीवनबहादुर शाही, सञ्जीव थापा, रत्न सापकोटा, रचना शाही ठकुरी, वीना श्रेष्ठ, ट्रेसी अर्याल, राम केसी, अच्युत बास्तोला, प्रल्हाद विष्ट, वीनु विसीसहितका नेपालीहरूको उपस्थिति रहेको थियो ।

यसअघि नर्वेमा अभिनेत्री झरना थापाले निर्देशन गरेको फिल्म ‘ए मेरो हजुर २’को विशेष प्रदर्शनी गरिएको थियो । कार्यक्रमका लागि अभिनेत्री थापा र निर्माता सुनिलकुमार थापा ओस्लो पुगेका थिए ।

फिल्म प्रदर्शनका लागि मोहन नेपाल र नर्वे नेपाली स्कूलले संयुक्त प्रयास गरेका थिए ।