काठमाडाैँ, २९ माघ । सिभिल बैंक लिमिटेड र भारतको एक्सिस बैंक लिमिटेड बिच रकम आदानप्रदान गर्ने सम्बन्धमा दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दुई बैंकबीच सहमति भएसँगै अब भारतबाट सिभिल बैंकमार्फत पैसा पठाउन सहज हुने भएकाे हाे ।
उक्त सम्झौता पत्रमा सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित शाक्य र एक्सिस बैंकका फाईनान्सिएल ईन्स्टीच्यूसन्स ग्रुपका सिनियर भाइस प्रेसिडेन्टएल श्री रमन बिच हस्ताक्षर भएको हो । उक्त सम्झौता पछि मुख्यतया भारतमा कार्यरत तथा त्यहाँ बसोबास गर्दै आएका नेपालीहरु लाभान्वित हुने पनि बैंकले जनाएको छ ।
भारतको प्रतिष्ठित निजी क्षेत्रको अग्रणी बैंक एक्सिस बैंक लिमिटेडले भारतभर रहेका दुई हजार शाखामार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ । अब यी शाखाहरुमार्फत सिभिल बैंकका ५६ शाखाहरुमा सहजै रकम पठाउन सकिने बैंकले जनाएकाे छ ।















प्रतिक्रिया