३१ आश्विन २०८३, शनिबार

पोर्चुगलमा वीरेन्द्र गुरुङको एकल सांगीतिक साँझ हुने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– भरत प्रधान

लिस्बन । गायक वीरेन्द्र गुरुङको पोर्चुगलमा पहिलो पटक एकल सांगीतिक साँझ हुने भएको छ ।

यही फेबु्रअरी १२ तारिख सोमबारका दिन राजधानी लिस्बनस्थित प्रासा दि स्तेफानियाको एक चाइनिज रेष्टुरेष्टको हलमा गायक गुरुङको सांगीतिक साँझ हुने भएको हो ।

पोर्चुगलका नेपाली ब्यबसायी धनराज शेर्पा र चिजकुमार गुरुङको संयोजनमा कार्यक्रम हुन लागेको हो । पोर्चुगलबासी प्रवासी नेपालीहरुलाई मनोरञ्जन प्रदान गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको ब्यबसायी चिजकुमार गुरुङले बताए ।

बेल्जियममा आयोजित कार्यक्रममा सहभागी भई गायक गुरुङ प्रस्तुतिका लागि पोर्चुगल आएका हुन् । कार्यक्रममा गायक गुरुङको बनको बाघले होइन, दिल दुखेको दिन, नगास्नु थियो गासियो माया लगायतका चर्चित आधुनिक, पप तथा सेलो गरि दर्जन बढी साँगितीक कोशेलीहरुको बिशेष प्रस्तुति रहनेछ ।