काठमाडाैँ २८ माघ । एनआईसी एशिया बैंकले लुम्बिनी अञ्चलमा ९ नयाँ शाखा कार्यालयहरु एकै साथ संञ्चालनमा ल्याएको छ ।
जस अन्तर्गत नवलपरासी जिल्लाको ४ स्थानहरु गैंडाकोट नगरपालिका वडा नं. १५ अमरापुरी स्थित अमरापुरी शाखा, प्रतापपुर नगरपालिका वडा नं २ गोपीगंज स्थित गोपीगंज शाखा, बिनयीत्रिवेणी गाउँपालिकावडा नं १ दुम्कीबास स्थित दुम्कीबास शाखा र मध्यबिन्दु नगरपालिका वडा नं. १० अरुणखोला स्थित अरुणखोला शाखा रहेका छन् ।
साथै, रुपन्देही जिल्लाको ३ स्थानहरु देवदह नगरपालिका वडा नं. १२ शंकरपुर स्थित शंकरपुर शाखा, सैनामैना नगरपालिका वडा नं. ३ मुर्गिया स्थित मुर्गिया शाखा र तिलोत्तमा नगरपालिका वडा नं. ८ मणिग्राम ४ नम्बर स्थित मणिग्राम ४ नम्बर शाखा पनि बैंकले नयाँ शाखाहरु स्थापना गरेकाे बताएकाे छ ।
त्यसैगरी कपिलवस्तु जिल्लाको २ स्थानहरु बाणगंगा नगरपालिका वडा नं. १, ४ नम्बर जितपुर स्थित ४ नम्बर जितपुर शाखा र बुद्धभुमी नगरपालिका वडा नं. ९, ईमिलिया स्थित ईमिलिया शाखाकाे अाइतबार उद्घाटन गरेकाे छ ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । थप ९ नयाँ शाखासँगै हाल बैंकले अधिराज्यभर १७० शाखा कार्यालयहरु र १६८ एटिएम काउन्टरहरु एव् ४ एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।















प्रतिक्रिया