काठमाडौँ, २७ माघ । काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कमा रहेकोे बिजी मलमा ‘विन्टर मेगा सेल’ सुरु भएको छ । १६ दिने सेल अवधिभर मलमा सपिङ गर्ने ग्राहकले विभिन्न वस्तु तथा सेवाको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने मलले जनाएको छ ।
भ्यालेण्टाइन–डेको अवसरमा ग्राहकले आकर्षक अफर समेत पाउने मलले बताएको छ । ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउन ‘विन्टर मेगा सेल’ को आयोजना गरिएको मेलाका संयोजक हिरामणि तिमल्सिनाले बताए ।
जाडो मौसम तथा भ्यालेण्टाइन–डेलाई लक्षित गरि फेब्रुअरी ९ देखि सुरु भएको ‘विन्टर मेगा सेल’ फेब्रुअरी २४ तारिखसम्म सञ्चालन हुने बताइएको छ । सेल अवधिमा ग्राहकहरुले दैनिक रुपमा आश्चर्यजनक उपहार समेत प्राप्त गर्न सक्ने मलका निर्देशक राजु गिरीले बताए । यसका लागि कम्तीमा ५ सय रुपैयाँको सामान खरिद गर्नु पर्नेछ ।
मलले यस अवधिमा विभिन्न घरायसी विद्युतीय सामग्री, मोबाइल, लत्ता कपडा, जुत्ता चप्पल, खेलौना, श्रृंगार तथा सौन्दर्य सामग्रीलगायत मलमा उपलब्ध विभिन्न सामाग्रीको खरिदमा यस्तो छुटको व्यवस्था गरेको हो । यसका साथै सेल अवधिभर मेलामा सामान खरिद गर्ने ग्राहकहरुले दैनिक रुपमा सिनेमाको टिकट, लन्चकुपन, शपिङ भौचर लगायतका उपहार पाउने छन् । यसका साथै ५० हजार रुपैयाँ बराबरको स्मार्टफोन जित्ने अवसर पनि पाउन सक्ने मलले जनाएको छ ।
भ्यालेण्टाइन–डेको अवसरमा लाइभ म्यूजिक तथा भ्यालेण्टाइन डेकोरलगायतका कार्यक्रमहरु आयोजना हुने बताइएको छ । यसका साथै सेल अवधिभरी कन्सर्टलाई निरन्तरता दिँदै फेस पेन्टिङलगायतका मनोरञ्जनात्मक कार्यक्रमहरु पनि सञ्चालन हुने छन् ।















प्रतिक्रिया