काठमाडाैँ २६ माघ । विश्वका विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याइरहेको जेएमई रेमिट कम्पनी प्रालिले सेन्चुरी कर्मशियल बैंक र झापामा केन्द्रिय कार्यालय रहेको कन्काई बिकास बैंकसँग रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता गरेको छ ।छुट्टाछुट्टै भएको सम्झौतामा जेएमई रेमिटका तर्फबाट अध्यक्ष दिपेन्द्र जोशीले हस्ताक्षर गरेका थिए भने सेन्चुरी कर्मशियल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अर्जुनमणि तिमल्सिना र कन्काई बैंकका तर्फबाट अध्यक्ष प्रकाशमान बज्राचार्यले हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगैै जापानलगायत विश्वका विभिन्न मुलुकबाट जेएमईमार्फत पठाएको रेमिट्यान्स रकम सेन्चुरी बैंकका ८९ शाखा र कन्काई बिकास बैंकका १२ वटा शाखाबाट प्राप्त गर्न सकिने छ । सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिदै जेएमई रेमिटका अध्यक्ष जोशीले यो सम्झौताले आफ्ना सेवाग्राहीलाई थप सहजता प्रदान गर्ने विश्वास लिएको बताउँदै आगामी दिनमा पनि रेमिट्यान्स भुक्तानी सेवालाई थप सरल बनाउन विभिन्न बैंक तथा वित्तिय संस्थाहरुसँगको सहकार्यलाई बढाउदै लैजाने जानकारी दिए ।
विश्वका विभिन्न मुलुकबाट नेपालमा सहज तथा सुलभ सेवाका साथ रेमिट्यान्स भित्र्याउँदै आएको जेएमईले आफ्नो ३५ सयभन्दा बढी एजेन्टहरु तथा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुसँग सम्झौता गरी रेमिट्यान्स भुक्तानी सेवा प्रदान गरिरहेको छ ।















प्रतिक्रिया