१४ कार्तिक २०८३, शनिबार

माओवादीसँग कुरा नमिले पनि बन्न सक्छ एमालेको सरकार, यस्ता छन् ६ विकल्प

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । राष्ट्रियसभा निर्वाचनसँगै प्रमुख राजनीतिक दलहरुको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ ।

राष्ट्रियसभा निर्वाचन परिणामपछि मात्र प्रतनिधिसभातर्फको निर्वाचन परिणाम सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण चुनाव सम्पन्न भएको दुई महिनापछि नयाँ सरकार गठन प्रक्रिया सुरु हुन लागेको हो ।

आजको नागरिकमा खबर छ – एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण प्रक्रियाले मुर्तरुप लिन नसक्दा नयाँ सरकार कस्तो र कसको नेतृत्वमा गठन हुन्न भन्ने अझै अनिश्चित छ ।

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर अघि बढेका दुई दल एकीकरणसहित सत्ता साझेदारीमा सहमत भए फागुन दोस्रो सातासम्म एमाले अध्यक्ष केपी ओली दोस्रोपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुग्नेछन् ।

यस्ता छन् विकल्प: 

– एमाले- माओवादी केन्द्र
– माअ‍ोवादीको समर्थनमा एमाले
– फोरमसहित दलको समर्थनमा एमाले
– एमाले समर्थनमा फोरम
– एमालेबाहेकका समर्थनमा माओवादी
– ठुलो दलको हैसियतमा एमालेको अल्पमतको सरकार