– बेलिना थापा
लमजुङ, २५ माघ । प्रतिनिधिसभा सदस्य देवप्रसाद गुरुङले शिक्षालाई आधुनिकीकरण गर्दै लैजानुपर्ने बताएका छन् । मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ६ बाहुनडाँडामा रहेको चन्द्रोदय माध्यमिक विद्यालयको ६२ औँ बार्षिकउत्सव तथा अभिभावक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले सो कुरा व्यक्त गरेका हुन् ।
उनले निजि विद्यालयमा गएकाहरुलाई सामुदायिक विद्यालयमा फर्काउनु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले आफ्नै विद्यालयबाट पनि निजी विद्यालयमा जानेहरुको संख्या बढिरहेको समयमा सामुदायिकमै फर्काउनका लागि गाउँपालिका लाग्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनरासी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष विष्णुबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यालयको प्रगति विवरण प्रधानाध्यापक पुण्यप्रसाद खनियाले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन लेखापाल प्रकाश थापाले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा एमाले जिल्ला कमिटिका सदस्य विष्णुराज घिमिरे, काँग्रेसका सल्लाहकार कुलबहादुर घले, विद्यालय निरिक्षक देवराज पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमा विद्यालयका विद्यार्थीहरुले पिटि प्रदर्शनी, नृत्य प्रस्तुत गरेका थिए । सोही अवसरमा विद्यालयमा संचालन भएको कम्प्युटर कक्षाको प्रतिनिधिसभा सदस्य गुरुङले उद्घाटन गरका छन् ।
विद्यालयले माघ २१ गतेदेखि २४ गते सम्म विविध खेलकुद प्रतियोगिता संचालन गरेको थियो । विद्यालयले नृत्य प्रतियोगिता, अभिभावक विच कुर्चीचाल प्रतियोगिता, शिक्षक भलिबल प्रतियोगिता, अन्तर विद्यार्थी सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो ।












प्रतिक्रिया