काठमाडौँ, २५ माघ । सोनीको शोरुम काठमाडौँको दरबारमार्गस्थित शेर्पामलमा सञ्चालनमा आएको छ । सोनीको नेपालस्थित आधिकारीक विक्रेता नेपाहिमा ट्रेडलिंकले बिहीबारबाट उक्त शो रुम सञ्चालनमा ल्याएको हो ।
एक कार्यक्रमकाबीच सोनीका विजनेस हेड जेरेमी हेङ, चर्चित निर्देशक निश्चल बस्नेत र नेपाहिमा ट्रेडलिंकका कार्यकारी दिर्नेशक राजेश तुलाधरले उक्त शोरुमको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उक्त शोरुममा सोनीको नेपालमा उपलब्ध सबै रेञ्जका उत्पादनहरु उपलब्ध हुने कम्पनीले जनाएको छ । सोनीको ब्राभिया टिभी, सोनी एक्स्पेरिया स्मार्ट फोन, अल्फा र साइबर सट क्यामेरा, होम थिएटर सिस्टम, पर्सनल इन्टरटेनमेन्टका साथै एमडिआर सिरिजमा हेडफोनहरु नेपाली बजारमा उपलब्ध छन् ।
यसअघि सोनीे शोरुम कान्तिपथ, जाउलाखेल र लबिममल गोंगोबुमा सञ्चालनमा आइसकेको छ ।















प्रतिक्रिया