
काठमाडौं, २५ माघ । काठमाडौँको बानेश्वरस्थित एभरेष्ट होटलका मालिक मस्कुर अहमद लारीलाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध तस्करीको मुद्दामा फरार रहेका लारीलाई बिहीबार महाराजगञ्जबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेलगत्तै उनलाई महानगरीय प्रहरी परिसर रानीपोखरीमा राखिएको छ ।
२१ वर्षअघि (सन् १९९७ मा) जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा फेला परेको २ सय ५० किलो चरेसमा उनको पनि संलग्नता पुष्टि भएको थियो । उनलाई पक्राउ गर्न नसकेपछि काठमाडौँ जिल्ला अदालतले मुद्दा तामेलीमा राखेको थियो । अदालतले फेरि मुद्दा जगाउँदै २०६८ सालमा उनलाई पक्राउ गर्न आदेश दिएको थियो । त्यसलगत्तै फरार रहेका लारीले दुई दिनअघि मात्रै एभरेस्ट होटलको शेयर बाँडफाँटको विवाद सम्बन्धी मुद्दा जितेका थिए एभरेष्ट होटलमा २५ बर्षदेखि शेयर विवाद थियो ।
भूकम्पपछि पाँचतारे एभरेष्ट होटल अहिले बन्द अबस्थामा छ ।















प्रतिक्रिया