सर्लाही, २५ माघ । सर्लाहीको बलरा नगरपालिका ४ मा गएराति मोटरसाइकलको ठक्करबाट एक जना बृद्धाको ज्यान गएको छ ।
भारतीय नम्वर प्लेटको बिआर ३० जे ५९२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७० वर्षीया देवती देबीको ज्यान गएको हो ।
मोटरसाइकलले ठक्कर दिइएपछि गम्भीर घाइते भएकी देवतीलाई उपचारका लागि सर्लाही अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको थियो । ठक्कर दिने मोटरसाइकल चालक बिन्देश्वर महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरीक्षक राजेशबाबु थापाले जानकारी दिए ।












प्रतिक्रिया