
काठमाडौँ, २४ माघ । एनसेल प्रयोगकर्ताले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानीका साथै निरन्तर भिडियो च्याटको मजालिन सक्ने भएका छन् । नजिकिदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लिमिटेडले असिमित भ्वाइस प्याक र डेटा प्याक सहितको भ्यालेन्टाइन अफर ल्याएको छ ।
असिमित भ्वाइस तथा डेटा प्याकको यो आकर्षक अफर बिहिबार (माघ २५) देखि १५ दिनको लागि लागु एनसेलले बताएको छ । अफर अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले करसहित मात्र १५ रुपैयाँमा असिमित भ्वाइस प्याकलिई विहान ५ बजेदेखि बेलुका ५ बजे सम्म एनसेलको नेटवर्क भित्र कुनै पनि नम्बरमा असिमित कुराकानीको मजालिन सक्ने कम्पनीले जनाएको छ ।
एनसेल प्रयोगकर्ताले १७११४ डायल गरि प्राप्त जानकारी अनुसार भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् । त्यसैगरी एसएमएसमार्फत अंग्रेजीमा ‘ए’ टाइप गरी १७११४ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सकिने एनसेलले बताएको छ । यो भ्वाइस प्याक सुचारु गरिएको समयबाट २४ घण्टाको लागिमान्य हुनेछ । आवश्यकताअनुसार योजना अवधिभर हरेक दिन यो प्याक सुचारु गर्न सकिनेछ । प्याकको समयावधि सकिएपछि विद्यमान शुल्क लागु हुने कम्पनीले जनाएको छ ।
साथै, आफ्ना प्रियजनसँग भिडियो च्याट गर्न रुचाउने ग्राहकले यस अफर अन्तर्गत कर सहित मात्र २० रुपैयाँमा एक घण्टाको लागि निरन्तर डेटा उपलब्ध गराउने असिमित डेटा प्याक लिई आफ्ना प्रियजनसँग निरन्तर भिडियो च्याटको मजालिन सक्नेछन् । यो डेटा अफरको लाभ लिन एस्ट्रिक्स १७११४ ह्यास डायल गरी विकल्प नम्बर २ छनौट गरी प्याक सुचारु गर्न सकिनेछ । अंग्रेजीमा ‘यु’ टाइप गरी १७११४ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सकिने एनसेलले जानकारी दिएको छ ।
निरन्तर ईन्टरनेट सुनिश्चित गर्ने यो डेटा प्याक सुचारु भएको समयबाट १ घण्टाको लागि मान्य रहनेछ । ग्राहकले आफ्नो आवश्यकताअनुसार यो प्याक योजना अवधिभर जति पटक पनि लिन सक्छन् ।
यस भ्यालेनटाइन सिजनमा ल्याइएका यी आकर्षक भ्वाइस र डेटा अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पु¥याउने विश्वास एनसेलले लिएको छ ।















प्रतिक्रिया