५ कार्तिक २०८३, बिहिबार

अलैँची कृषकलाई उत्साहित बनाउन लमजुङमा छैटौँ अलैँची महोत्सव

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– बेलिना थापा

लमजुङ, २४ माघ । लमजुङका अलैँची कृषकलाई उत्साहित बनाउन ‘छैटौँ अलैँची महोत्सव’ गरिने भएको छ । क्व्होलासोँथर गाउँपालिका वडा नम्बर ८, घाम्राङमा फागुन २५ र २६ गते अलैँची महोत्सव गर्ने तय भएको हो ।

नेपाली अलैँची व्यवसायी महासंघ जिल्ला शाखा लमजुङ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन लमजुङको आयोजनामा छैटौँ अलैँची महोत्सव गरिने भएको मंगलबार बेँसीसहरमा पत्रकार भेटघाटमार्फत आयोजकले जानकारी दिएको छ ।

६१ घरधुरी रहेको घाम्राङमा यसबर्ष अलैची महोत्सव मनाइने अलैँची व्यसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताए । घाम्राङमा सबै घरले अलैँची खेती गरेका छन् । अध्यक्ष तामाङले महोत्सवमा कृषक र व्यापारीबीच अलैँचीको मुल्य गिरावटसम्बन्धी छलफल तथा अन्तरक्रिया समेत गरिने बताए ।

महोत्सव सञ्चालन गर्न अध्यक्ष तामाङको संयोजकत्वमा ६१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । यस्तै सचिव ईश्वर गुरुङको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति, मञ्च व्यवस्थापन उपसमिति, अतिथि सत्कार उपसमित गठन गरिएको छ । महोत्सवमा ८ लाख ३० हजार खर्च हुने अनुमान गरिएको छ भने १० लाख आम्दानी गरिने लक्ष्य राखेको छ । सोही अवसरमा उत्कृष्ट कृषकलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा अलैँची व्यवसायी महासंघसँग आवद्ध देशभरका १४ जिल्लाको अलंँची प्रदर्शन गरिने आयोजकले जनाएको छ । पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण अलैँची जोन कार्यालयका अलैँची विज्ञ धर्मप्रसाद देवकोटा, प्राविधिक सहायक सुभाखर रिमाललगायतको उपस्थिति थियो ।