३१ आश्विन २०८३, शनिबार

ओमानमा यसरी मनाइयो सोनाम ल्होसार

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओमान, २४ माघ । गत शुक्रबार ओमानको मस्कटमा तामाङ समाज ओमानको आयोजनामा मन्जुश्री सम्बत २८५४ सोनाम ल्होसार बृहत साँस्कृतिक प्रस्तुतिहरुको साथमा मनाइएको छ ।

समाजका अध्यक्ष राम तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल राजदूत शर्मिला पराजुली ढकाल प्रमुख अतिथि थिइन् । गैर आवसीय नेपाली संघका केन्द्रीय सचिव डीबी क्षेत्री विशेष अतिथि र अन्य अतिथिहरुमा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरु सेलो तथा दोहोरी गायक डीबी लोप्चन, गायिका लक्ष्मी स्याङ्तान, हास्य कलाकार दिनेश काफ्ले र ओमानस्थित नेपाली संघ संस्था प्रमुखहरु उपस्थित थिए ।

बौद्ध धर्मका गुरु (लामा) दावा लामाद्वारा विशेष पाठ पूजा गरेर शुरु गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि ढकालले देशका सबै भाषा, धर्म, संस्कृति, परम्परा र पर्व कुनै एक जातिको नभएर हामी सबै नेपालीहरुको भएको बताउँदै सोनाम ल्होसारको अवसरमा शुभकामना दिएकी थिइन् । त्यस्तै, स्वागत नृत्य तामाङ समाजका सदस्य सीता तामाङले गरेकी थिइन् ।

चर्चित सेलो तथा दोहोरी गायक डीबी लोप्चनले सेलो र दोहोरी गितमा दर्शकलाई झुम्न बाध्य बनाएका थिए । सेलो म्हेदो माया गित गाएर लक्ष्मी स्याङ्तानले पुरै दर्शकलाइ नचाइन् । हाँस्य कलाकार दिनेश काफ्ले ले केपी ओलीको भेषमा र अन्य ब्यक्तित्व हरुको पनि क्यारिकेचर गर्दै पूरै दर्शक हरुलाई मनोरञ्जन गराए । स्थानीय कलाकारहरुले आफ्ना प्रस्तुतिहरुद्वारा सम्पूर्ण दर्शकलाई भरपूर्ण मनोरञ्जन गराए ।

एशियन एक्सप्रेस मनी एक्सचेञ्ज, एहमेद अबुबकार अल जुबिदी र एयर अरेबियाले कार्यक्रमको लागि प्रायोजन गरेका थिए । प्रायोजकहरुको सहयोगमा राखिएका लक्की ड्र नेपाल रिट्रन टिकट सुभाग्या अधिकारीले पाएकी छिन् । एशियन एक्सप्रेस मनी एक्सचेञ्जद्वारा राखिएका लक्की ड्रमा ६ जना विजयी भएका छन् ।