५ कार्तिक २०८३, बिहिबार

सामसङले नेपालमा ल्यायो ११ हजारमै सस्तो र राम्रो स्मार्टफोन, यस्ता छन् विशेषताहरु

8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, माघ २४ गते । सामसङ नेपालले नयाँ सामसङ ग्यालेक्सी जे सिरिज अन्तर्गत जेटू फोरजी मोबाइल नेपाली बजारमा ल्याएको छ ।

यसबाट सामसङको फोरजी स्मार्ट समूहमा नयाँ मोबाइलको प्रवेश भएको छ । यो फोरजी फोनमा सुपर फास्ट इन्टरनेट चलाउन र डाउनलोड गर्न सकिन्छ । यसैरी, क्यूएचडी सुपर अमोल्ड स्क्रिन, १.३ गिगाहर्ज क्वाड कोरले फोरजी फोनको क्षमतालाई प्रस्तुत गरेको छ ।

एचपीपी डिभिजनका प्रमुख प्रणय रत्न स्थापितले भने “ग्राहकहरुलाई नयाँ नयाँ प्रविधि युक्त विभिन्न मूल्यका मोबाइल सेटहरु प्रस्तुत गर्ने क्रममा सामसङ ग्यालेक्सी जेटूको फोरजीसंस्करण, स्मार्ट फोनका प्रारभ्भिक प्रयोगकर्ताहरुलाई लक्षित गरी प्रस्तुत गरेका छौं ।”

यस्ता छन् विशेषताहरु : 

उत्कृष्ट डिस्प्ले

सामसङ ग्यालेक्सी जेटू फोरजीमा ४.७ इन्चको क्यूएचडी स्क्रिन रहेको छ । जसले फोटो हेर्दा, भिडियो हेर्दा वा वेवसाइट चलाउँदाको अवस्थामा वेग्लै अनुभव प्रदान गर्दछ । सर्वोत्कृष्ट कन्स्ट्राटको रेसियोले अनि यसमा भएको ठूलो स्क्रिन जस्ता विशेषताहरुले गर्दा मोबाइल चलाउँदा जीवन्त अनुवभ प्राप्त हुन्छ ।

परिस्कृत इमेजिङ्ग क्षमता

नयाँ सामसङ ग्यालेक्सी जेटूमा भएको क्यामराले विस्तृत एवं उच्च गुणस्तरको फोटो खिच्न सक्दछ । ५ मोगापिक्सलको रियर क्यामरा, लिड प्ल्यासले गर्दा जस्तोसुकै कम उज्यालोको अवस्थामा पनि सफा र स्पष्ट फोटो खिच्न सकिन्छ । यसमा भएको २ मेगा पिक्सलको फ्रन्ट क्यामराले भिडियो कलिङ गर्दा वा सेल्फि खिच्दा वेग्लै अनुभव प्रदान गर्दछ ।

यो फोनमा भएको क्यामरामा सेल्फी खिच्नको लागि छुट्टै मोड पनि उपलब्ध रहेको छ । यस सुविधाको प्रयोग गरी क्यामराको स्वतः टाइमरको माध्यमबाट लेन्सलाई आफू तर्फ फर्काएर फोटो खिच्न सकिन्छ । यसमा भएको क्यमराले कुनै पनि फोटो डिलेलमा खिच्न सक्दछ, जुन देख्दा व्यावसायिक फोटो ग्राफरले खिचेको जस्तै देखिन्छ ।

उच्च कार्यक्षमता

सामसङ ग्यालेक्सी जेटू फोरजी फोनमा १.३ गिगाहर्जको क्वाड कोर प्रोसेसर तथा १ जिबि ¥याम रहेको छ, जसबाट सहजै रुपमा मल्टी टास्किङ्ग कार्यहरु गर्न सकिन्छ ।

आकर्षक डिजाइन

८.४ एम एमको, ग्यालेक्सी जेटू फोरजी फोन आफैमा आकर्षक देखिएको छ । यसको गोलाकार किनाराले गर्दा सहजै हातमा लिन सकिन्छ । यो फोन, गोल्ड तथा व्ल्याक करलमा उपलब्ध रहेको छ ।

मूल्य तथा उपलब्धता

सामसङको नयाँ जेटू फोरजी फोन, सम्पूर्ण स्थानहरुमा मात्र ११ हजार २९० रुपैँयामा प्राप्त गर्न सकिन्छ ।