१४ कार्तिक २०८३, शनिबार

ओली र प्रचण्डबीच गोप्य वार्ता: यस्तो भयो समझदारी

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ माघ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई निर्णायक दिशा दिने गरी लगातार छलफल केन्द्रित गरेका छन् ।

राष्ट्रिय सभा निर्वाचन सकिएलगत्तै वैचारिक सैद्धान्तिक र संगठनात्मक एकतासम्बन्धी कार्यदल बनाएर एकतालाई ठोस दिने गरी दुई नेताले अन्तिम गृहकार्य अघि बढाएका छन् ।

एकिकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी

दुई अध्यक्षबीच एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी मात्र राख्ने प्रारम्भिक समझदारी भएको छ ।

सैद्धान्तिक वैचारिक विषयमा महाधिवेशनसम्म छलफल गर्दै जाने र महाधिवेशनबाट हल गर्ने तर एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने समझदारी बनेको आजको नयाँ पत्रिकामा खबर छ ।