२२ कार्तिक २०८३, आइतबार

बुद्धभुमी क्याम्पसमा हुन लागेको महायज्ञको तयारी पुरा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– माधव बेल्वासे
कपिलवस्तु, २१ माघ । व्यावसायिक विषय विविए सञ्चालन, सामुदायिक ई–लाइब्रेरी र अक्षयकोष स्थापनार्थ कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा रहेको बुद्धभुमी क्याम्पसद्वारा आयोजित महायज्ञको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

आइतबार क्याम्पस प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले यस्तो बताएको हो । यसक्षेत्रमा प्रविधिक शिक्षा पढ्नको लागी बाहिर जाने समस्यालाई समाधन र क्याम्पसमा ई–लाइव्रेरी संचालनको गर्नको लागी श्रीमद भागवत धनधान्यञ्चल ज्ञान महायज्ञ आयोजना गरिएको महायज्ञ मुल आयोजक समितिका संयोजक राजेन्द्रराज आचार्यले बताए । माघ २२ गतेदेखि सुरु हुने महायज्ञमा श्रदालु भक्तजनहरुको उल्लेखनिय सहभागीता हुने आयोजकले विश्वास लिएको आचार्यले बताए ।

आचार्यले कपिलवस्तुको केन्द्र विन्दुमा रहेको बुद्धभुमी क्याम्पसको आर्थिक अवस्था निकै कमजोर भएको कारण विद्यार्थीले भनेको विषय पढन नपाएको दुखेको पोखे । महायज्ञले क्यापसको स्तरोन्नतिसँगै पठनपाठनमा समेत सुधार हुने विश्वास लिइएको छ ।

महायज्ञको लागी ३५ उपसमिति गठन गरी जिम्मेवारी पुर्वक सबैले सहयोग गरेको बताए । एक हप्तासम्म चल्ने महायज्ञमा २ करोड भन्दा बढी सहयोग रकम संकलन हुने विश्वास लिइएको पत्रकार सम्मेलनमा संयोजक आचार्यले बताए । श्रीमद भागवत धनधान्यञ्चल ज्ञान महायज्ञको प्रमुख वाचक चैतन्य कृष्ण जी रहनुहुनेछ ।