– टेकराज भण्डारी
अछाम, २१ माघ । नेपाल राष्ट्रिय शिक्षक संगठन अछामको ११ औँ जिल्ला अधिवेशनले नयाँ जिल्ला समिति चयन गरेको छ । अधिवेशनले पहिलोपटक महिलालाई नेतृत्व दिँदै ईतिहास कायम गरेको छ । यस अघि महिला उपाध्यक्ष पदमा रहेकी चन्द्रोदय आधारभूत विद्यालय भागेश्वरमा कार्यरत जानकी बोहरा आगामी कार्यकालका लागि संगठनको अध्यक्षमा चयन भएकी हुन् ।
दूई दिन लगाई सर्बसम्मतिबाट नेतृत्व चयन भएको नेपाल राष्ट्रिय संगठन अछामको महिला उपाध्यक्षमा यस अघि सहसचिव रहेकी गीता ढुंगाना र पुरुष उपाध्यक्षमा धर्मराज साउँद निर्विरोध निर्वाचित भएका छन् । संगठनको सचिवमा सर्पराज जैसी रिमाल, कोषाध्यक्षमा कृष्ण विक, सहसचिवमा सकुन्तला आउजी तथा सहकोषाध्यक्ष ममता जोशी चयन भएका छन् ।
सदस्यहरुमा सुमित्रा खड्का कुँवर, मीनबहादुर कुँवर, लोकबहादुर बोगटी, नन्दबहादुर खड्का, शुशिल ज्ञवाली, कृष्णबहादुर सोडारी, कर्ण धामी, भरत सोडारी, कटक बहादुर थापा, चक्र बहादुर शाही, प्रेम बहादुर बुढा, हरिश्चन्द्र शाही तथा महिला सदस्यहरुमा बसन्ती शाह, निर्मला रावल, कृष्णा थापा, चम्फा साउँद, शारदा केसी रहेका छन् । त्यस्तै, समावेशी खुलाबाट टेकबहादुर जनाला जिल्ला सदस्य निर्वाचित भएका छन् ।
अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष तिलक कुँवर, निवर्तमान अध्यक्ष नरबहादुर रावल, शारदा विष्ट कुँवर र नेत्र बहादुर बुढालाई छनौट गरिएको छ । नव निर्वाचत पदाधिकारीलाई अध्यक्ष मण्डलका अध्यक्ष रत्नप्रसाद ढुंगानाले सफत खुवाएका थिए । यसअघि बन्द सत्रको पहिलो दिन शनिबार सचिव युवराज शर्माले प्रस्तुत गरेको सांगठनिक तथा समसामयिक प्रतिवेदन तथा कोषाध्यक्ष रामबहादुर शाहीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।












प्रतिक्रिया