३० आश्विन २०८३, शुक्रबार

क्युबाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका छोराद्वारा आत्महत्या

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका कान्छो छोरा क्यास्ट्रो डायज बलार्ट । तस्विरः एएफपी ।

हवाना, १९ माघ । क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोका कान्छो छोरा क्यास्ट्रो डायज बलार्टले आत्महत्या गरेका छन् ।

केही महिनादेखि विरामी परेका उनी पछिल्लो समयमा ‘डिप्रेसन’ मा थिए । बिहीबार बिहान उनले आत्महत्या गरेको समाचार सार्वजनिक भएको छ ।

क्युबाको राज्य परिषदको बैज्ञानिक समूहको सदस्यका रुपमा काम गरेका उनले बिहीबार बिहान आत्महत्या गरेको समाचार क्युबाको सरकारी वेभसाइटमा राखिएको छ ।

उक्त वेभसाइटमा पूर्व राष्ट्रपति एवम् क्युबाका क्रान्तिकारी कम्युनिष्ट नेता फिडेल क्यास्ट्रोका छोरा र क्युबाको विज्ञान तथा प्रविधि प्रतिष्ठानको उपाध्यक्षका रुपमा समेत रहेर काम गरेका क्यास्ट्रो डायज बलार्टले बिहीबार आत्महत्या गरेको बताइएको छ ।

उक्त वेभसाइटमा मृतक क्यास्ट्रो बलार्ट आफ्नो जीवनभर क्युबामा विज्ञान तथा प्रविधिको विकासमा लागेको जनाइएको छ ।

पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको सन् २०१६ को नोभेम्बरमा निधन भएको थियो । उनी क्युबाको एक क्रान्तिकारी कम्युनिष्ट नेताका रुपमा परिचित थिए । –रासस/सिन्ह्वा