६ कार्तिक २०८३, शुक्रबार

एमाले पर्वतको अधिवेशन विवादमा, संस्थापन पक्षले माधव नेपाललाई अतिथि बनाउन मानेन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Logo-original

पर्वत, २१ मंसिर । नेकपा एमाले पर्वतको आठौँ जिल्ला अधिवेशन बिबादका बीचमा अन्ततः आजदेखि शुरु हुने भएको छ ।

तोकिएकै समयमा गर्ने कि समय पछि सार्ने भन्ने बिषयमा दु्ई पक्षका बिचमा बिबाद भएपनि अधिबेशन शुरु हुन लागेको हो ।

अधिबेशन उद्घाटन नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नुहुने भएको छ । यद्यपि जिल्ला अध्यक्ष बिकास लम्सालसहितको नेतृत्वले भने अधिबेशनमा सहभागी नहुने सम्भावना बढेको छ ।

अधिवेशनका लागि सवैजसो तयारीहरु पूरा भैसकेको नेकपा एमाले पर्वतका कार्यवाहक अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिनुभएको छ । अधिवेशनमा सहभागी हुनका लागि जिल्लाभरवाट २ सय ६९ जना प्रतिनिधिहरु सहभागी हुने भएका छन् । कतिपय प्रतिनिधिहरु शनिवार साँझ नै सदरमुकाम कुष्माबजार आइसकेका छन् भने कतिपय आज विहान आउने प्रतिनिधि व्यवस्थापन संयोजक पदमपाणी शर्माले जानकारी दिनुभयो ।

अधिवेशनको सवैजसो तयारी पूरा भएको र विहान ११ बजे युनिभर्सल पार्टी प्यालेसमा उद्घाटन हुने कार्यक्रम रहेको पौडेलले जानकारी दिएको दिनुभयो । अधिवेशनलाई सम्वोधन गर्न नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, र उपमहासचिव घनश्याम भुषाल लगायतका नेताहरु काठमाडौँबाट हिँडि सक्नुभएको छ ।

यता अधिवेशन स्थगन गर्न भन्दै केन्द्रीय सचिवालयबाट सचिब पृथ्वीसुव्वा गुरुङले पत्र पठाएको भन्दै अर्को खेमा अधिवेशन नगर्ने पक्षमा रहेको छ । एमालेका जिल्ला अध्यक्ष तथा सभासद् विकास लम्सालले केन्द्रीय कमिटीको पत्रको सम्मान स्वरुप अधिवेशन केही दिन स्थगन गर्ने र जिल्ला कमिटीको बैठक तत्काल बसेर नयाँ मिति तय गर्ने बताउनुभएको थियो । उहाँले शुक्रवार साँझनै विज्ञप्ती निकालेर आजबाट हुने भनिएको अधिवेशन स्थगन भएको सार्वजनिक गर्नुभएको थियो ।

दुवै पक्षबीच वैठक बसेर सहमति खोज्ने प्रयास भैरहेको छ । २५ गते अधिबेशन सार्ने र माधबकुमार नेपाललाई प्रमुख अतिथि बनाउने बिषयमा अध्यक्ष बिकास लम्साल सहितको टिम सहमत नभएका कारण सहमति हुन नसकेको कार्यबहाक अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो । यद्यपी अधिबेशन उद्घाटनपछि सहमति खोज्न सकिने सम्भावना भने रहेको पौडेलले बताउनुभयो ।