२२ कार्तिक २०८३, आइतबार

डोल्पामा हावाहुरीले विद्यालयको छानो उडायो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

– रुपलाल बोहोरा

डोल्पा, १९ माघ । डोल्पा जिल्लामा हावाहुरी ले विद्यालयको छानो उडाएको छ । बिहीबार दिउँसो लागेको अत्याधिक हावाहुरी का कारण मुट्केचुला गाउपालीका वडा न ६ मा रहेको मालिका माध्यामिक विद्यालय को ५ बटा कोठाको जस्ताको छानो उडाएको छ ।

दिउसो एक बजेर ५० मिनेट मा एक्कासी हावाहरी लागे पछि ५ कोठाको जस्ता संगै विद्यालय कै ३ कोठे शौचालय को पनि जस्ता को छानो उडाएको प्रत्यक्ष दर्शी नर्कु बाट मिलन शाहीले बताए ।

सोही विद्यालय कै मैदान मा योजनाको काम गरीरहेका स्थानिय हरु लाई भने कुनै चोटपटक नलागेको स्थानिय बासी मुनलाल बुढाले जानाकारी दिए ।

यसरी एक्कासी हावाहुरी ले विद्यालय को छानो पल्टाए पछि काम गर्ने स्थानियहरु को भागाभाग भएको काम योजनाको काम गर्ने वडा न ६ कै रुपचन्द्र बोहोरा ले जानाकारी दिाए । उनले भने काम गरी गहेका बेला एक्कासी हावा लाग्यो र छत उडायो तर धन्न केही भएन ।

हावाहुरीले विद्यालय को छानो उडाए पछि अब फाल्गुन लागे पछि पढाई शुरु हुने भएकाले यस्तो अबस्था मा कसरी छानो छाउने ब्यबस्था गर्ने भन्नेमा सोच्नु पर्ने स्थानिय शिक्षाप्रेमी रत्न बोहोले बताएका । बोहोरा ले यो बर्ष को हावाहुरी को समय बल्ल शुरु भएकाले सबै ले होस गर्न पनि आग्रह गरे ।