५ कार्तिक २०८३, बिहिबार

एनसीसी बैंकको नयाँ शाखा महाराजगञ्जमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ माघ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको नयाँ शाखा काठमाडौँको महाराजगञ्जमा स्थापना भएको छ । नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले सो शाखाको बिहीबार उद्घाटन गरेका छन् ।

शाखाको उद्घाटन पौडेलले सुगम क्षेत्रमा मात्र बैंकहरु सिमित नभई नेपाल सरकार र नेपाल राष्ट्र बैंकले तोकेका ग्रामिण क्षेत्रमा रहेका स्थानिय निकायहरुमा शाखा खोलि दु्रत सेवा उपलव्ध गराउन बढी अग्रसर हुनुपर्ने आवश्यकता औँल्याए । साथै बिजुली, ईण्टरनेट आदि नपुगेका दुर दराजका ग्रामिण भेगमा स्थानीय निकायहरुसँग सहकार्य गरी सो क्षेत्रहरुमा पनि यथाशिघ्र वित्तीय पहुँच पु¥याउन उनले निर्देशन दिए ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिपक केसीले काठमाडौँ महानगरको वडा नम्बर ३ कार्यालय एनसीसी बैंकसँग नजिक बसेर काम गर्न ईच्छुक रहेको बताउँदै वडा कार्यालयबाट बचत परिचालनका अवसरहरु उपलव्ध गराउन तत्पर रहेको बताए ।

एनसीसी बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले काठमाडौँ महानगरपालिका वडा नम्बर ३, महाराजगञ्जमा बैंकिङ सेवा विस्तार गर्न स्थानीय प्रतिनिधिहरुले सहयोगको प्रतिबद्धता व्यक्त गरेकोमा धन्यबाद ज्ञापन गर्दै बैंकको शाखाले उत्कृष्ट सेवाहरु सुम्पिने प्रतिबद्धता व्यक्त गरे ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले महाराजगञ्ज क्षेत्रको बचत सोही क्षेत्रमा परिचालन गरी यहाँ अवस्थित उद्योग, व्यापार र व्यवसाय प्रबद्र्धनमा बैंक सहायक हुने कुरा आश्वस्त गराउँदै बैंकले छिटैनै नेपाल राष्ट्र बैंकले तोकेका १६ वटा ग्रामीण स्थानिय निकायहरुमा शाखा विस्तार गर्न लागेको अवगत गराए ।