२२ कार्तिक २०८३, आइतबार

१८ हजार घुससहित प्रहरीका जवान पक्राउ

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ माघ । महानगरीय प्रहरी प्रभाग दधिकोट भक्तपुरमा कार्यरत प्रहरी जवान उमेशकुमार थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

थापालाई अख्तियारको टोलीले १८ हजार घुस सहित भक्तपुरबाट पक्राउ गरेको हो । थापाले एक सेवाग्राहीबाट मोटरसाइकल दुर्घटनाको उजुरीलाई मिलाई दिन्छु भन्दै १८ हजार रुपैयाँ घूस लिएको अख्तियारले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।