५ कार्तिक २०८३, बिहिबार

एनएमबी डिलाइट सेभिङ एकाउण्टको एटिएम कार्डले देशभर जहाँबाट पनि निशुल्क पैसा निकाल्न सकिने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ माघ । एनएमबी बैंकले आफ्ना बचतकर्ताहरुको सुबिधालाई ध्यानमा राख्दै नेपालको एकमात्र विशेष सुबिधा भएको एनएमबी डिलाइट सेभिङ एकाउण्ट (NMB Delight Saving Account) ल्याएको छ । यसको मुख्य बिशेषताको रुपमा डिलाइट सेभिङ एकाउण्टको एटीएम कार्डले नेपालभरीका कुनै पनि वित्तिय संस्थाहरुको एटीएमबाट पैसा झिक्दा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने रहेको बैंकले जनाएको छ ।

निशुल्क मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ तथा आर्कषक ब्याजदर भएको डिलाइट सेभिङ एकाउण्टको अन्य बिशेषताहरु रहेका छन् भने समग्र ग्राहकलाई समेट्ने बैंकको विश्वास रहेकोे छ ।

हाल एनएमबि बैंकले ९४ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।