६ कार्तिक २०८३, शुक्रबार

बाराका किसानले अब स्थानीय बीउ र प्राङ्गारिक मल प्रयोग गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २१ मंसिर । तत्कालका लागि खाद्यान्न उत्पादन बढाउन विदेशी विकासे बीउबिजनको परीक्षण गर्ने थलोका रूपमा नभई नेपाललाई आफ्नै मौलिक प्रविधि विकास गर्ने थलो बनाउनुपर्नेमा कृषि वैज्ञानिक र प्राविधिकले जोड दिएका छन् ।

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरद्वारा आयोजित मध्यमाञ्चल क्षेत्रअन्तर्गतका कृषि अनुसन्धान केन्द्रको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीमा उनीहरुले विकासे बीउबिजन र मलको प्रयोगभन्दा स्थानीय बीउबिजन र प्राङ्गारिक मलको प्रयोगलाई बढाउनेतर्फ विशेष ध्यान दिनुपर्ने आँल्याउनुभयो ।

सो अवसरमा नेपाल कृषि अनुसन्धान परिषद्का प्रशासन निर्देशक डा मीननाथ पौडेलले अन्तर्राष्ट्रियस्तरमा परिवर्तित प्रविधिअनुसार नेपाली किसानलाई पनि प्रतिस्पर्धी र व्यावसायिक बनाउनुपर्ने आवश्यकतामाथि जोड दिँदै कृषि अनुसन्धान कार्यलाई अझ बढी परिणाममुखी र प्रतिफलमुखी बनाउनका लागि इमानदारीपूर्वक र पूर्ण लगनशीलताका साथ कार्य गर्न वैज्ञानिकहरुलाई आग्रह गर्नुभयो ।