२२ कार्तिक २०८३, आइतबार

ज्येष्ठ नागरिकलाई न्यायो कपडा वितरण

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्विर: बेलिना थापा/लमजुङ

लमजुङ, १७ माघ । बेँसीशहर नगरपालिका वडा नम्बर १० बाझाखेतका ४८ ज्येष्ठ नागरिकलाई वडा कार्यालयको सहयोगमा बुधबार न्यायो कपडा वितरण गरिएको छ । वडा नम्बर १० मा ८४ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई न्यायो कपडा अन्तरगत फाईबर सिरक वितरण गरिएको वडा अध्यक्ष पूर्णबहादुर थापाले जानकारी दिए ।

न्यायो कपडा वितरण गर्दे नगरपालिका प्रमुख गुमानसिंह अर्यालले ज्येष्ठ नागरिकलाई राज्यले सम्मान गर्ने भन्दै सबैले ज्येष्ठ नागरिकलाई माया गर्नु पर्नेमा जोड दिए । नगरपालिकाबाट ज्येष्ठ नागरिकको लागी विभिन्न सहयोग गर्ने भन्दै अर्काे वर्ष ८० वर्षभन्दा माथिका नागरिकहरुलाई सम्मान गर्ने बताए ।

वडा नम्बर १० का ४८ जना ज्येष्ठ नागरिकलाई प्रति व्यक्त १५ सय बराबर गरि ७० हजार भन्दा बढिको न्यायो फाइबर सिरक वितरण गरिएको वडा सचिव जीवन शर्माले जानकारी दिए । वडा अध्यक्ष पूर्णवहादुर थापाको अध्क्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव शर्माले गरेकोे थियो । उक्त कार्यक्रममा स्थानिय राजनितिक दलका अध्यक्ष एवं प्रतिनिधिको सहभागिता समेत रहेको थियो ।