काठमाडौँ, १७ माघ । क्लासिकटेकले नयाँ इन्टरनेट अफर ‘सित्तैमा’ बजारमा ल्याएको छ ।
यस ‘सित्तैमा’ अफर अन्तर्गत क्लासिकटेकले बार्षिक ग्राहकलाई जडान खर्च, वाइफाइ राउटर र फाइबर केबलका सम्पूर्ण खर्च सित्तैमा उपलब्ध गराउने भएको छ । अफर अन्तर्गत १२ एमबिपिएस इन्टरनेट प्रति महिना ७७७ रुपैयाँमा, १८ एमबिपिएस ९९९ रुपैयाँमा, ३० एमबिपिएस १०९९ रुपैयाँमा र ६० एमबिपिएस ११९९ रुपैयाँमा प्रति महिनाको दरले उपलब्ध गराउने भएको छ ।
यो नेपालकै सस्तो र गुणस्तरिय सेवा भएको कम्पनीको दाबी छ । साथै आफ्ना आफन्त या साथी भाइलाइँ यस सेवाको रिफर गराएमा दुबैले एक एक महिनाको सित्तैमा इन्टरनेट सेवा पाउने अफर पनि ल्याएको कम्पनीले ल्याएको छ ।
विगत ८ वर्षदेखि ईन्टरनेट तथा इनट्रानेट र आईटीसी सम्बन्धित सेवा प्रदान गर्दै आएको क्लासिकटेकले नेपालको ७२ जिल्लामा आफ्नो सेवा बिस्तार गरिसकेको छ । हाल १८ स्थानमा आफ्ना शाखा स्थापना गरीसकेको यस कम्पनीमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ७५० भन्दा बढी कर्मचारी आबद्ध छन । ३५ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बिस्वकै उत्क्रिस्ट जि. पोन प्रविधिमा आधारित ‘फाइबार टु द होम’ सेवाको मध्यमबाट ईन्टरनेट सेवा नेपालमा मुख्य शहरहरुमा उपलब्ध गराइसकेको छ ।















प्रतिक्रिया