५ कार्तिक २०८३, बिहिबार

प्रदेश स्तरीय क्यान इन्फोटेक मेला हुने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, १७ माघ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ सुनसरीले इटहरीमा एक नम्बर प्रदेश स्तरीय क्यान इन्फोटेक मेला गर्ने भएको छ । फागुन २३ देखि २७ गते सम्म मेला सञ्चालन हुने आयोजकले जनाएको छ ।

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्दै आएको कम्प्युटर ब्यवसायिहरूको संगठन क्यान महासंघ सुनसरीले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुराको जानकारी गराएको हो ।

इटहरी स्थित जनता माविको खेल मैदानमा लाग्ने उक्त मेलामा १२८ स्टलहरू रहने छन् । उक्त स्टलहरूमा सूचना प्रविधिका नयाँ नयाँ सामग्रीहरूदेखि फुडस्टलहरू सम्म रहने जनाइएको छ । विश्वभर प्रयोगमा ल्याईएका सूचना प्रविधिका अत्याधुनिक वस्तुहरुका विषयमा सर्वसाधारण उपभोक्ता लगायत विद्यार्थीइहरुलाई सूचना प्रविधिका विषयमा जानकारी दिने उद्देश्यले क्यान इन्फोटेक २०७४ आयोजना गर्न लागिएको आयोजकले बताएको छ ।

विश्वमा सूचना तथा सञ्चारका क्षेत्रले अहिलेसम्म भए गरेका विकासका कार्यलगायत उत्पादन भएका नयाँ प्रविधिहरूको ज्ञान दिने उद्देश्यसहित आयोजना गर्न लागिएको उक्त मेलामा करीब २ देखि ३ लाखसम्म आन्तरिक तथा बाह्य पर्यटकहरू भित्र्याउने लक्ष्य लिएको क्यान महासंघ सुनसरीका अध्यक्ष बलराम भण्डारीले बताए ।

इन्फोटेक अवधिभर ५ करोड सम्मको कारोबार गर्ने लक्ष्य लिएको र मेलामा विभिन्न ब्राण्डका ल्यापटप, कम्प्युटर, मोबाइल, इन्टरनेट तथा प्रविधिको बारेमा जानकारी लिन सकिने बताइएको छ । मेलामा हालै भित्रिएका विभिन्न नयाँ प्रविधिहरु समेत देखाइने क्यान सुनसरीका अध्यक्ष भण्डारीले बताए ।

पत्रकार सम्मेलनमा क्यान महासङ्घका केन्द्रिय सदस्य ठाकुर कुमार श्रेष्ठ, प्रदेश १ अध्यक्ष देव सुब्बा, क्यान सुनसरीका संस्थापक अध्यक्ष कमल तिम्सिना, इटहरी इन्टरनेशनल कलेजका प्राध्यापक गणेश दुलाल, हिक भिजनका म्यानेजिङ डाइरेक्टर मनीकुमार तामाङ, बारकोड नेपालका म्यानेजिङ डाइरेक्टर हिमेश्वर मल्ललगायतले विविध पक्षमा जानकारी दिएका थिए ।