काठमाडौँ, १७ माघ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले राजधानीको मीनभवनस्थित निसहाय सेवा सदन ज्येष्ठ नागरिक आवास गृहका ४० भन्दा वढी वृद्धवृद्धालाई खाना सहयोग गरेको छ ।
स्थापनाकाल देखि नै बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा ज्येष्ठ नागरिकलाई खाना प्रदान गर्दै आएको छ । यसैको निरन्तरता स्वरूप यस वर्ष पनि बैंकले उक्त कार्यक्रम संचालन गरेको छ ।
बैंकले देखाएको यस अग्रसरताले ज्येष्ठ नागरिकको सामाजिक संरक्षण हुने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेश राजपोखरेलले जानकारी गराए ।















प्रतिक्रिया