५ कार्तिक २०८३, बिहिबार

कुलमान घिसिङलाई थप राहत: चमेलिया आयोजनाबाट १५ मेगावाट विद्युत उत्पादन सफल

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, १६ माघ । मुलुकमा लोडसेडिङ अन्त्य भइरहेका बेला चमेलिया जलविद्युत् आयोजनाको दोस्रो युनिट अर्थात् १५ मेगावाटको विद्युत् उत्पादन परीक्षण सफल भएको छ ।

यो सँगै १५ मेगावाट विद्युत् बुधबारदेखि राष्ट्रिय प्रशारण लाइनमा जोडिने भएको छ ।

चमेलिया आयोजनाका प्रमुख अजय दाहालका अनुसार, अर्कोे युनिटबाट उत्पादित थप १५ मेगावाट विद्युतको परीक्षण माघ २७ मा गरिनेछ । त्यसपछि दुईवटै युनिटबाट उत्पादित ३० मेगावाट विद्युत् राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ ।

आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा २५० गुणा बढी समय लागेको थियो । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ । रु आठ अर्ब ३४ करोडमा सम्पन्न गर्ने लक्ष्य लिएको उक्त आयोजना सम्पन्न हुँदासम्म करिब रु १६ अर्ब लाग्ने अनुमान गरिएको छ । यो आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनीले निर्माण गरिरहेको छ ।

चमेलियाबाट उद्युत उत्पादन भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई थप राहत मिलेको छ । किनकी अहिले पनि विद्युतभार नियन्त्रण गर्न भारतबाट बिजुली आयात गर्नुपर्ने अबस्था छ ।