५ कार्तिक २०८३, बिहिबार

महिन्द्रा टु ह्वीलरको ‘केयर क्लव’मार्फत अधिकतम फाइदा लिन सकिने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ माघ । नेपालको लागि महिन्द्रा टु ह्वीलर्सको आधिकारिक विक्रेता अग्निमोटो इन्कले हालै ‘महिन्द्रा टु ह्वीलर केयर क्लव’ अन्तर्गत विशेष सुविधा एवम् छुटको व्यवस्था मिलाएको छ । यो सुविधा माघ १७ गतेदेखि सञ्चालन गरिएको छ ।

साथै यस अवसरमा माघ १७ गतेदेखि माघ १९ गते सम्म ३ दिनका लागि काठमाडौँ, सामाखुसीको सर्भिस सेन्टरमा फ्रि सर्भिसिङको साथै एक्स्चेन्ज क्याम्पको व्यवस्था पनि मिलाएको कम्पनीले जनाएको छ ।

आफ्ना ग्राहकहरुलाई विक्री पछिको गुणस्तरीय एवम् जिम्मेवार युक्त सेवा प्रदान गर्ने लक्ष्य सहित अग्निमोटो इन्कले केयर क्लबको सेवा सुचारु गरेको हो । यस क्लवमा आवद्ध भए पछि ग्राहकले एक वर्षमा ४ पटकसम्म निःशुल्क सर्भिसिङ तथा २ पटकसम्म आफ्नो बाइक/स्कुटर वासिङ तथा क्लिनिङ गर्न सक्ने छन् । यसका अतिरिक्त जेन्यून पार्ट्सहरुको खरिदमा १० प्रतिशत, लुब्रिकेन्टको खरिदमा ५ तथा लेबर चार्जमा १५ प्रतिशतसम्म छुट पनि मिल्ने छ ।

यसका साथै सर्भिसिङको समयमा विशेष प्राथमिकता, आधुनिक सुविधासहित बस्ने तथा अरु थुप्रै व्यवस्था पनि मिलाइएको बताइएको छ । अग्नि मोटो इन्कका आधिकारिक आउटलेटहरुबाट १२०० रुपैयाँ (भ्याटसहित) तिरी यो विशेष सदस्यता लिन सकिने कम्पनीले जनाएको छ । यस केयर क्लबले ग्राहकको मन जित्ने विश्वास कम्पनीले लिएको छ ।