२२ कार्तिक २०८३, आइतबार

राष्ट्रपति भण्डारी फागुन ४ गते गुल्मी जाने

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, १६ माघ । गुल्मीको एक विद्यालयाको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्याक्रमको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएकी छिन् ।

मुसिकोट नगरपालिका वडा नम्बर ६ कुर्घा भुवाचिदीस्थित त्रिभुवन माविको ५० वर्ष पुरा गरेको अवसरमा आयोजित स्र्वण महोत्व कार्यक्रमको उद्घाटन गर्न फागुन ४ गते राष्ट्रपति आउने भएको स्वर्ण महोत्सव मुल आयोजक समितिका प्रचार प्रसार संयोजक रवीलाल पौडेलले जानकारी दिए ।

स्वर्ण महोत्सवको अवसरका विद्यायलले फागुन ४ देखि ७ गतेसम्म ४ दिने विविध कार्यक्रमहरु आयोजना गर्ने भएको छ । महोत्सवको फागुन ४ गते राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

महोत्सवको विभिन्न कार्यक्रम सम्पन्न गर्न राष्ट्रपति कार्यालयका स्वकिय जनसम्पर्क अधिकृत हिरामणी आचार्य, खेमचन्द्र ढकालले विशेष सहयोग गरेको प्रचार प्रसार समिति संयोजक पौडेलले जानकारी दिए ।

यसैविच, विद्यालयको स्वर्ण महोत्सवको अवसरका विभिन्न व्यक्तिहरुबाट हाल सम्म १ करोड ४ लाख संकलन भएको विद्यालयले जनाएको छ । विद्यालयको स्वर्ण महोत्सवसँगै शैक्षिक गुणस्तर सुधार गर्न भन्दै सोहि विद्यालयका पूर्व विद्यार्थी हाल बेल्जीयमा कार्यरत घनश्याम शर्माले २० लाख सहयोग गरेको बिद्यालयले जनाएको छ ।