काठमाडौँ, १६ माघ । काठमाडौँ महानगरपालिका–२५ मछिन्द्र वहालस्थित ईस्टु वेट सेक्युरीटी कम्पनीमा दुई गार्डकाबीचमा ड्यूटी सम्बन्धी कुरा नमिल्दा विवाद परेपछि एक गार्डको हत्या भएको छ ।
सो कम्पनीमा गार्डको रुपमा कार्यरत दोलखा शैलुङ्ग गाउपालिका वडा नम्बर ४ घर भएका बर्ष ५४ का तुलबहादुर तामाङलाई सोही कम्पनीमा काम गर्ने अर्का गार्ड राजन थापा क्षेत्रीले हत्या गरेका छन् ।
थापाले ड्यूटीको विषयमा कुरा नमिल्दा तामाङको टाउको इट्टा प्रहार गरी भागेका थिए । टाउकोमा चोट लागी गम्भीर घाईते भएका तामाङलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर बीर अस्पतालमा लैजाने क्रममा उनको मृत्यु भएको थियो । तामाङको हत्या गरी फरार रहेका थापालाई प्रहरीले सोमबार दिउँसो काठमाडौँको बाङगेमुढाबाट पक्राउ गरेका थियो ।
प्रहरीसँगको बयानमा थापाले तामाङको हत्या गरेको स्वीकार गरेका छन् । थापा र तामाङबीच सेक्यूरिटी गार्डको रुपमा काम गर्दै जाने क्रममा ३/४ महिना पहिलेबाट चिनजान भएको थियो । गत आइतबार राती थापाले तामाङलाई आफू ड्यूटी गर्न आउन नसक्ने भनी जानकारी गराउन जाँदा झगडा भई थापाले तामाङको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया